काठमाण्डौं । एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्गबीच भेटवार्ता भएको छ । आज बिहान दुई जनाबीच खनाल निवास डल्लुमा भेटवार्ता भएको हो ।
करिब एक घन्टा भएको भेटको क्रममा मुलुकमा विकसित राजनीतिक अवस्था, दुई देशवीचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।
भेटमा चीनका राजदूत यू होङ्गले संविधान कार्यान्वयनको काम पूरा भएको र नेपालले अब शान्ति र स्थिरता कायम गर्दै चाडै आर्थिक विकासको वाटो पक्रनु पर्ने बताएका थिए ।
पूर्वप्रधानमन्त्री खनालले राजदूत यू होङ्गललाई नेपालको पछिल्लो राजनीतिक अवस्था को बारेमा जानकारी दिएका थिए ।
अब नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा केन्द्रित हुने कुरामा जोड दिदै खनालले नेपाल र चीनवीच परापूर्बककालदेखिका सम्बन्ध र सरसहयोग अझै फराकिलो हुने विश्वास व्यक्त गरे ।
Facebook Comments Box