काठमाण्डाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक आर्थिक समृद्धिको दिशामा अग्रसर भएको बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको बताउनु भएको हो ।
काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले माघी पर्वको अवसर पारेर टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दैे उहाँले नयाँ संविधानले थारु समुदायको हितका लागि थारु आयोग गठन गर्ने संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।
प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक संक्रमणकाल टुंगिएको भन्दै अव सबै समुदायमा समृद्ध छाउने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले माघी जस्ता चाँडपर्वले सबै नेपालीहरुबीच आत्मीय सम्बन्धलाई प्रगाढ बनाउन सघाउ पुर्याउँदै आएको पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रममा थारु समुदायले आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।