काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी एकताबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गर्नु भएको छ ।
कम्युनिष्टहरुको सरकार बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरिसकेको भन्दै उहाँले अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको पनि बताउनु भएको छ ।
तारेभीर महोत्सवको उद्घाटन गर्दै दाहालले जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाएर विकास निर्माणको युग सुरु गर्ने समय आइसकेको पनि जिकिर गर्नु भयो ।
७० वर्षपछि स्थायी सरकार बन्न लागेको भन्दै उहाँले नयाँ सरकार बनेसँगै विकासले गति लिने विश्वास पनि व्यक्त गर्नु भएको छ ।
Facebook Comments Box