कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताउनुभएको छ ।
कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफुले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताउनुभयो ।
वाम गठबन्धनले प्रधानमन्त्रीको नाम चयन गर्न नसक्ने र अनि मलाई पद छोडेन भनेर आरोप लगाउन मिल्छ भन्नुभयो ।
सबै दलहरुको सहमतिमा प्रदेशसभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने उहाँले बताउनुभयो ।
उहाँले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको वैठकले राजधानी फेरबदल गर्ने जानकारी दिनुभयो ।
Facebook Comments Box