काठमाण्डाैं । राष्ट्रपति विद्यादेबी भण्डारीले माघे संक्रान्ति र माघी पर्वको अवसरमा माघ १ गते शीतल निवासमा जलपानको आयोजना गर्नुभएको छ ।
राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, सरकारी निकायका उच्च अधिकारी, संघसंस्थाका प्रतिनिधि, व्यापारी र कमीशन एजेण्टहरुलाई भेटघाट तथा जलपान कार्यक्रममा निमन्त्रण गरिएको छ ।
जनआन्दोलनमा सक्रिय रुपमा काम गरेका नेता, संघसंस्था, साहित्यकार, कलाकार, नागरिक अगुवा, लेखक र चिन्तकहरुलाई औपचरिक समारोहमा आमन्त्रण गर्न बिर्सँदै आएको शीतल निवासले यसपटक पनि छुटाएको एक पूर्वमन्त्रीले बताएका छन् ।
राष्ट्रपति कार्यालयका सचिब भूपेन्द्रप्रसाद पौडेलका नामबाट पठाईएको निमन्त्रणा पत्रमा राजनीतिक दलका नेतालाई कुनै पदीय हैसियत समेत उल्लेख नगरी व्यक्तिगत पत्राचारको हलुका शैलीमा निमन्त्रणा गरिएको छ ।
Facebook Comments Box