काठमाण्डाैं । नेपाल प्रहरीका पूर्वडीआईजी एवं नवनिर्वाचित सांसद नवराज सिलवाल नेपालमै रहेको खुलासा भएको छ । सिलवालले मलेसिया गएको भने पनि उनी नेपालमै रहेको खुलासा भएको हो ।
सिलवालले प्रहरीलाई छक्याएको पुष्टि भएपछि उनको तीव्र खोजिरहेको नेपाल प्रहरीको हेडक्वार्टर स्रोतले बताएको छ । सिलवालले पूर्व्निर्धा्रित कार्यक्रमका लागि मलेसिया पुगेको दाबी गरे पनि नेपालमै रहेर उनले छक्याएको निष्कर्ष प्रहरीले निकालेको छ ।
सिलवालले जुन एयरलाइन्सबाट गएको बताएका थिए, त्यो एयरलाइन्सको त्यस दिने उडान नभएको र जुन ठाउँमा कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको प्रहरीको हेडक्वार्टर स्रोतले जनाएकोे छ ।
स्राेतका अनुसार, प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘जहाँ भेट्यो, त्यहीँ पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउन निर्देशन दिनुभएको छ ।
Facebook Comments Box