काठमाण्डाैं । नेविसंघको समानान्तर समितिले अध्यक्ष नैनसिंह महरसँग स्पष्टीकरण सोधेको छ ।
कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले समानान्तर अनुशासन समिति गठन गरेको छ । सो समितिका अध्यक्ष राजेश रौनियारले पत्र लेखेर अध्यक्ष महरसँग तीनदिने स्पष्टीकरण माग गर्नु भएको छ ।
बिधान विपरित समितिहरु गठन गरेको, आमन्त्रित केन्द्रीय सदस्य तोकेको, आर्थिक लेनदेनमा फसेको र स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीका उम्मेदवारहरुलाई हराउन संलग्न रहेको लगायतका आरोप महरमाथि लगाइएको छ ।
महरले भने आफूले विधान अनुसार नै काम गरिरहेको दावी गर्दै पार्टी शुद्धिकरणको प्रक्रियामा असन्तुष्टिका स्वर आउनु सामान्य भएको प्रतिक्रिया दिनु भएको छ ।
Facebook Comments Box