भक्तपुर । पूर्व मन्त्री एवं माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले बामगठबन्धन तोड्नु देशी बिदेशी शत्तिलको चलखेल बढेको बताउनु भएको छ ।
भक्तपुरमा आयोजीत कार्यक्रममा शाहीले बामगठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोगन गर्न देशी बिदेशी शक्ति लागेको बताउँदै उहाँले बामगठबन्धको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताउनु भयो
पाँच बर्ष सम्म बामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने बामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नर्गन उहाले आग्रह गर्नु भयो ।
।
उहाँले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने बामगठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको उहाँले बताउनु भयो ।