नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले युवा विदेशतर्फ जानुभन्दा स्वदेशमै सिर्जनात्मक कार्य गर्नुपर्ने र सरकारले तिनलाई उद्यमशीलमुखी कार्यक्रममा जोड्नुपर्ने बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा शुक्रबारदेखि शुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले युवालाई प्राविधिक सीप प्रदान गर्दै खाडीमुलुुक जानबाट रोकी राष्ट्र निर्माणमा प्रयोग कसरी गर्ने भन्ने देशको प्रमुख कार्यसूची हुनुपर्ने बताए ।
सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा चार लाख युवा जनशक्ति बजारमा आउने गरे पनि प्राविधिक शिक्षाको कमीका कारण दक्ष नहुँदा बेरोजगारी समस्या बढेको बताउँदै सरकारले नीतिगत रुपमा शिक्षा प्रणालीलाई परिवर्तन गर्नुको विकल्प नभएको बताए ।
Facebook Comments Box