काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा मत बदर हुनबाट रोक्न नेकपा एमालेले आफ्ना मतदाताहरुलाई प्रशिक्षण दिने भएको छ। सातै वटा प्रदेशमा प्रशिक्षण दिने तयारी भइरहेकाेे एमालेले जनाएकाे छ ।
एमालेले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार हुनका लागि ६ बुँदे मापदण्ड बनाइसकेको छ ।
मापदण्डसँगै पार्टीले प्रशिक्षण पनि दिने तयारी गरेको पार्टीका सचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
एकल संक्रमणिय मत प्रणालीका बारेमा अन्योलता हुन सक्ने भएकाले प्रदेश संगठन कमिटिमार्फत प्रशिक्षण दिइने उहाँले बताउनु भयाे ।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुले मतदानबाट राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ ।
राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट चुनिनेछन् । बाँकी ३ जनालाई सरकारले मनोनयन गर्ने छ ।
Facebook Comments Box