काठमाण्डाैं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई पुनः आग्रह गरेको छ ।
प्रदेशसभाको प्रत्यक्ष निर्वा्चित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । त्यसैले आयोगले प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई आग्रह गरेको हो ।
आयोगका सह–सचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचन प्रक्रियामा प्रभाव पर्न सक्ने सम्भावना देखिएकाले सरकारलाई प्रदेश प्रमुख नियुक्ति गर्न आग्रह गरिएको बताउनु भयो ।
उहाँका अनुसार आज आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आग्रह गरिएको हो ।
Facebook Comments Box