काठमाण्डाैं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उपलब्ध गराएको १५ दिनको समयमा २१ वटा दलले दल दर्ता गराएका हुन् ।
आयोगमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय जनमोर्चा लगायत २१ वटा दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
दल दर्ताका लागि निवेदन दिएका दलको योग्यताको विषयमा आयोगले छानविन गरि सूची प्रकाशन गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आयोगद्धारा प्रकाशित अन्तिम उम्मेदवारको सूचीमा कायम रहने दल र स्वतन्त्र उम्मेदवारलाई मात्रै निर्वाचन चिन्ह् प्रदान गरिने पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
आगामी माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।