काठमाण्डौं । नेपाल विद्यार्थी संघले तत्काल आफ्ना माग सम्बोधन हुनुपर्ने माग गर्दै मुलुकभरका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
गत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ७२ घण्टा भित्र माग सम्बोधन नभए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको संघले शुक्रबार सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाई सरकारको ध्यानाकर्षण गराएको हो ।
आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध आन्दोलनमा उत्रने तयारी गरेको उसले नियमित विद्यार्थीलाई निशुल्क स्वास्थ्य विमा ,वेरोजगार भत्ता, उच्च शिक्षामा सबैको पहुँच पुर्याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाईब्रेरीको व्यवस्था गर्नुपर्ने लगायत ७ बुँदे माग गरेको छ ।
Facebook Comments Box