भक्तपुर । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको पार्टीले आज जानकारी दिएको छ ।
परिषद्ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, वर्षेनी आउने शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको नेमकिपाले जानकारी दिएको छ ।
त्यस्तै नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्नेमा राष्ट्रिय प्रस्ताव पारित गरेको छ ।
Facebook Comments Box