काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकामबारे केही निर्णय नगरी सकिएको हो ।
यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो ।
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार दुबै विषयमा थप परामर्श गर्नपर्ने देखिएकाले आजको बैठकले यस विषयमा निर्णय गर्न नसकेको हो ।
Facebook Comments Box