काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनलाइन मिडियालाई व्यवस्थित बनाउनका लागि छिट्टै अनलाइन नियमन निर्देशिका बनाउने बताउनुभएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघको दोस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो –“विश्वमै कान्छो तर प्रभावकारी मिडियाका रुपमा उदाएको अनलाइनको नियमन गर्ने निर्देशिका आफ्नै कार्यकालमा बनाउँछु ।”
मन्त्री बस्नेतले पछिल्लो समयमा अनलाइन मिडिया निकै फस्टाएको र नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीलेसमेत अनलाइन मिडिया चलाउनुभएको हुँदा त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्र्नेे आवश्कतामाथि जोड दिनुभयो ।
Facebook Comments Box