काठमाण्डाैं । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल विज्ञापन संघको १८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्या्दित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
सञ्चार मन्त्रालय सम्भालेको छोटो अवधिमा सरकारले महत्वपूर्ण काम शुरु गरेको भन्दै मन्त्री बस्नेतले नेपालमै राहदानी, परिचयपत्र र मुद्रा छपाइको काम नेपालमै गर्नका लागि हेटौँडामा २५० रोपनी जमिन लिई काम अगाडि बढाएको पनि बताउनु भयो ।
देशका सबै ठाउँमा टेलिफोन सुविधा र कम्प्युटर शिक्षालाई अनिवार्य शिक्षाका रुपमा अगाडि बढाउनका लागि पौने एक अर्ब रुपैयाँ विनियोजन गरी शुरुवातमा १४ जिल्लामा कार्यक्रम गर्ने तयारी पनि गरेको उहाँले जानकारी दिनुभयो ।
सन् २०२७ सम्म नेपाललाई डिजिटल नेपाल बनाउने अवधारणामा लिइएका पनि मन्त्री बस्नेतको भनाइ छ ।