काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताउनुभएको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताउनुभयो ।
संविधान निर्माणका क्रममा रहेका केही कानुनी अस्पष्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उहाँले राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँने बताउनु भयो ।
प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उहाँले औँल्याउनुभयो ।
Facebook Comments Box