काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ। थुनछेक बहसपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनलाई तारेखमा छाड्ने आदेश गरेको हो।
प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर र शैक्षिक प्रमाणपत्रको बारेमा न्यायपरिषदसँग बुझ्न आदेश गरिएको छ।
यस्तै सर्वोच्चद्वारा काममा फर्कन आदेश दिएका आइओएमका डिन डा. शशि शर्माको फैसला साथै राखेर पेश गर्न समेत अदालतले भनेको छ।
Facebook Comments Box