ताप्लेजुङ । प्रदेश नं १को ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराईले चुनावमा १७ लाख २५ हजार रुपैयाँ खर्च गरेको बताउनु भएको छ ।
उहाँले खर्चको सबै विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु भएको छ । विवरणअनुसार कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, कार्यालय संचालनमा ३ लाख ५० हजार र सवारी सधानमा ३ लाख खर्च गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै प्रतिनिधि परिचालनमा १ लाख ४० हजार प्रचार सामाग्रीमा एक लाख २० हजार अन्य विविध खर्च अन्र्तगत ९० हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ ।
उहाँको प्रचार सामग्रीमा एक लाख २० हजार खर्च भएको र अन्यमा ९० हजार खर्च भएको उल्लेख विवरणमा उल्लेख गरिएको छ ।
Facebook Comments Box