काठमाण्डाैं । एमाले र माओवादी केन्द्रबीच हुने भनिएको बाम एकता एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्किएपछि हुने भएको छ ।
बुधबार उपचारका लागि बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले आफू बैंककबाट फर्किएपछि एकता गर्ने बताउनु भएको हो ।
अध्यक्ष ओलीले अबको १५ दिनमा कुनै पनि हालतमा पार्टी एकता गरेरै छाड्ने दाबी गर्नुभएको छ । साथै उहाँले चुनावको जनादेश सरकारले अटेर गरेको आरोप पनि लगाउनु भएको छ ।
सरकारले प्रदेशका प्रमुख अनेक बहानामा नतोकेको पनि उहाँको आरोप छ । ओली सोमबार काठमाडौँ फर्कनु हुनेछ ।
Facebook Comments Box