काठमाण्डाैं । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले विषादीयुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानिसको स्वास्थ्यमा विस्तारै असर पार्ने महासंघले जनाएको छ ।
‘प्रकृति र स्वास्थ्य बचाऔँ’ नामक अभियानमा वरिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रितले प्रकृति र जडीबुटीले सम्पन्न मुलुकमा प्रांगारिक उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले देशमा १२५ जाति तथा १२३ भाषा रहेको उल्लेख गर्दै विविधताले भरिएको देशमा रहेका संस्कृतिलाई समेत व्यावसायिक रुपमा प्रवद्र्धन गरी नेपालले सम्पन्नता कायम गर्न सक्ने बताउनु भयो ।
यस्तै इतिहासविद् सुरेन्द्र केसीले प्रांगारिक उत्पादन नै नेपालको मौलिकता भएको भन्दै रासायनिक मल, औषधि हानिकारक भएको हुँदा यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
Facebook Comments Box