काठमाण्डाैं । नेकपा एमालेको युवा नेता एवं नव निर्वाचित प्रदेश सांसद शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाउनु भएको छ ।
आज भक्तपुरमा आयोजीत साक्षात्कार कार्यक्रममा उहाँले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संबिधानको मर्म बिपरित गएर काम गरिरहेको आरोप लगाउनु भएको हो ।
उहाँले बर्तमान देउवा सरकाले जनआदेश र संबिधान बिपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै अहिलेको सरकारले गरेको हरेक महत्वपूर्ण बिषय अव बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो ।
साथै उहाँले अव केहि समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्य मन्त्री आफूनै बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको पनि उल्लेख गर्नु भयो ।
Facebook Comments Box