काठमाण्डाैं । वाणिज्यमन्त्री मीन विश्वकर्माले साेमबार बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले भने,“अब बस्ने क्याविनेटमा प्रदेश प्रमुखहरुको नियुक्ती हुन्छ, हामी त्यसको लागि पूरै तयारीमा जुटिरहेका छौं, तर प्रदेशको अस्थायी तोक्ने काम हामी गर्दैनौं।”
उनले आगामी मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुखहरुको नियुक्ती गरिए पनि अस्थायी राजधानी तोकिने काम भने नहुने जिकिर गरे ।
प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सर्वदलीय बैठकमा सल्लाह गर्दा अन्य दलहरुले यसमा आफूहरुको चासो नभएको भन्दै उम्किने काम गरेकोले यो सरकारले मात्रै अपजस नलिने उनको भनाई थियो ।
उनले फागुन यता नयाँ सरकार गठन नै नहुने दाबी पनि गरे ।
Facebook Comments Box