बुटवल । प्रदेश नम्बर–५ को राजधानी रुपन्देहीको बुटवलमा तोकिनुपर्ने माग गर्दै बिहीबार बुटवलमा प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै कार्यक्रम गरी प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरुले बुटवल, सैनामैना र मणिग्राममा एक घन्टा चक्काजाम गर्दा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा यात्रीहरु अलपत्र परेका थिए ।
बुटवलमा प्रदेश राजधानी नबनाइए आन्दोलन चर्काउने कांग्रेसका जिल्ला नेताहरुले चेतावनीसमेत दिएका छन् ।
Facebook Comments Box