४ असार, इलाम । इलाममा वडाध्यक्षका उम्मेदवार बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख सुशिलकुमार यादवले दिएको जानकारी अनुसार इलाम नगरपालिका वडा नं. १२ मा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएका हुन् ।
उनको खोजीमा प्रहरी टोली परिचालन गरिएको यादवले बताए । ‘हिजो रातिदेखि उहाँ सम्पर्कविहीन हुनु भएको भन्ने जानकारी आएको छ’, यादवले भने, ‘उहाँको मोबयल बन्द छ । हामीले खोजी कार्यलाई जारी राखेका छौं ।’
Facebook Comments Box