काठमाण्डाैं । दुई नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयविरुद्ध अनेरास्ववियुले आज राजधानीमा प्रदर्शन गरेको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाईमा चुनाव सार्ने निर्णयको विरोध गर्दै प्रर्दशनीमार्ग्स्थित नेपाल पुलिस क्लबको गेट अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएका हुन् ।
सो क्रममा विद्यार्थीहरुले देउवा र प्रचण्डलाई ‘भारतीय लम्पसारवादी दलाल’ भन्दै नाराबाजी समेत गरेका थिए ।
विद्यार्थीहरु विरोध प्रदर्शन गरिरहँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
Facebook Comments Box