काठमाण्डौ । सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आज निर्णय सुनाउने भएको छ ।
जेठ १८ गते न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हाको पूर्ण इजलासले उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको अन्तिम निर्णय आज आजकालागि तोक्नु भएको थियो ।
न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको, सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुङ्गाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।
न्यायपरिषद्ले गत पुस २९ गते उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो ।
Facebook Comments Box