
विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको चुनावको मिति सार्ने नमिल्ने बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन गराउन आयोग अन्तिम तयारीमा जुटेको बताउनुभयो ।
उहाँले बन्द हड्तालका बाबजुद जनता मतदान स्थलमा आउने र चुनाव सम्पन्न हुने दावी समेत गर्नुभएको छ । सबै प्रदेशमा एकैपटक निर्वाचन हुने भन्दै प्रमुख आयुक्त यादवले असार १४ को मिति अकाट्य रहेको दावी गर्नुभयो ।
निर्वाचनमा सबै सहभागी हुने वतावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचनसम्वन्धी ऐन कानुन संशोधन गर्नुका साथै पटक–पटक मिति सारिएको उहाँको भनाई छ । राजपाको आन्दोलनतर्फ संकेत गर्दै उहाँले आम हडतालले निर्वाचनलाई फरक नपार्ने जिकिर गर्नुभयो ।
Facebook Comments Box