
बिर्तामोड । नेपाली काङ्ग्रेसले झापाको बिर्तामोड नगरपालिकाका लागि प्रमुख, उपप्रमुख तथा १० वटै वडाका अध्यक्ष र सदस्यका उम्मेदवारको नाम घोषणा गरेको छ ।
आइतबार काङ्ग्रेस बिर्तामोड नगर चुनाव प्रचारप्रसार समितिले एक कार्यक्रमका बीच सबै उम्मेद्वारको नाम सार्वजनिक गरेको हो । काङ्ग्रेसले बिर्तामोड नगरपालिकाका लागि जलकुमार गुरुङलाई मेयरको उम्मेदवार बनाएको छ । पार्वता गिरीले उपमेयरको टिकट पाएकी छिन् ।
काङ्ग्रेसले बिर्तामोड–१ नम्बर वडाको अध्यक्षमा देविका बस्नेतलाई उम्मेद्वार बनाएको छ । २ नम्बर वडामा प्रतिमान खड्काले अध्यक्षको टिकट पाएका छन् ।
बिर्तामोड–३ का लागि काङ्ग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालाई अध्यक्षको उम्मेद्वार बनाइएको छ । बिर्तामोड–४ मा कुलप्रसाद सङ्ग्रौला, ५ मा लक्ष्मी आचार्य, ६ मा सूर्य कन्दङ्वा, ७ मा रत्नकुमार श्रेष्ठ, ८ मा यदु दाहाल, ९ मा भोलानाथ पौडेल र १० नम्बरमा दुर्योधन गुरुङलाई वडाध्यक्षको उम्मेद्वार बनाइएको छ ।