
मेचीनगर । नेकपा एमाले मेचीनगरले आसन्न स्थानीय तह निर्वाचनकालागि मेचीनगर स्तरिय घोषणा पत्र सार्वजनिक गरेको छ ।
‘नेकपा एमालेको आवहन : समृद्ध नगरकालागि सुर्यमा मतदान’ मुख्य नारा राखिएको १६ पृष्ठको घोषणा पत्र सार्वजनिक गरिएको हो ।
मेची उद्योग वाणिज्य संघको सभाहल धुलाबारीमा बुधबार भएको स्थानीय घोषणा पत्रको सार्वजनीक कार्यक्रममा एमालेका १ नम्वर प्रदेश कमिटि सदस्य बिष्णु प्रसाई र एमाले जिल्ला सचिवालय सदस्य गोपाल बुढाथोकीले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो ।
निर्वाचन परिचालन कमिटि मेचिनगरका संयोजक रामचन्द्र उप्रतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
बामपन्थी आन्दोलनका योद्धा दुर्गा अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको सञ्चालन र घोषणा पत्रको बाचन घोषणा पत्र तयारी कमिटि संयोजक तथा निर्वाचन परिचालन कमिटि सदस्य लक्ष्मी उप्रतीले गर्नुभएको थियो ।