काठमाण्डाैं । प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको छ । व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद संचालनमा सहमत नदेखिएपछि सचिवालयले बैठकको मिति सारेको हो ।
सचिवालयले आईतबारको बैठकमा प्रधानमत्री चयनका लागि मतदान गर्ने कार्यसूची सार्वजनिक गरेको थियो । यसअघि बिहान ११ बजे बोलाईएको बैठक सुचना टांसेर अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो ।
Facebook Comments Box