काठमाण्डाैं । आफू मन्त्री भए पछि छोटो समयमा पनि स्वास्थ्यको क्षेत्रमा दिर्घकालिन महत्व राख्ने निर्णय गर्न सफल भएको स्वास्थ्यमन्त्री गगन थापाले बताउनुभएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले नया संविधान अनुसार आवश्यक नितिगत, कानुनी र संरचनागत व्यवस्थाको अभावमा पनि आफुले छोटो समयमै स्वाथ्य क्षेत्रमा महत्वपुर्ण निर्णय गर्न सफल भएको दाबी गर्नुभएको हो ।
त्यसैगरी सातै प्रदेशमा हृदयरोग निवारण सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नेपालगञ्ज र जनकपुरमा सेवा सुरु गर्ने सम्झौता भएको, मानव अंग प्रत्यारोपण नियमावली संसोधन भई कलेजो प्रत्यारोपणको सेवा प्रारम्भ भएको ,मदिरा नियन्त्रण निति लगायतमा भएका काम कारवाहीको विषयमा जानकारी दिनु भएको थियो ।
सबै निजि अस्पतालले १० प्रतिशत निशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्थालाई कडाईका साथ लागु हुुुनुलाई पनि उहाले आफ्नो उपलब्धि ठान्नुभएको छ ।
९ महिने कार्यकालको प्रगती विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा मन्त्री थापाले विवादास्पद बनेको औषधी आयातमा लगाएको प्रतिबन्धको निर्णय सही भएको दाबी पनि गर्नु भयो ।