काठमाण्डाैं, २१ जेठ । भरतपुर महानगर वडा नं. १९ मा पुनः मतदान गर्न निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
१९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आज रिट दर्ता गराउनु भएको छ ।
रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।
रिटमाथि सुनुवाईका लागि भोलिको लागि पहिलो पेशी तोकिएको छ ।रिट निवेदकले निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, गैरकानुनी, स्थापित मूल्य मान्यता विपरित, पूर्वाग्रहपूर्ण, नियोजित र सत्तापक्षका मान्छे बसेर गठमेलका आधारमा तयार पारिएको योजना बमोजिम आएको जिकिर गरेका छन् ।
Facebook Comments Box