काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहित बनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपाल बोल्दै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म नसक्ने कुरा बोल्दिन्, सक्ने कुरा बोल्छु र बोलेका कुराहरु पूरा गराएरै छोड्छु ।’ शाक्यले काठमाडौं स्वर्ग रहेको बताउँदै यसलाई स्वर्ग बनाउनेतिर सबैको साथ र सहयोग रहे आफू काठमाडौंलाई समृद्ध बनाउनलागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शाक्यले मतदाताहरुले दिएको जिम्मेवारी आफूले कुनै पनि हालतमा पूरा गरेरै छाड्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘मतदाताहरुले दिएको जिम्मेवारी पूरा गर्छु, हामीले कार्यभार सम्हालेलगत्तै महत्वपूर्ण ११ वटा निर्णयहरु समेत गरिसकेका छौं, समय अत्यन्तै थोरै छ, छोटो समयमापनिहामीले जनताको खासगरी महानगरवासीहरुको मन जित्नुपर्नेछ, बोलिसकेपछि ती सबै काम पूरा गर्नुपर्छ, म यो विषयमा अत्यन्तै संवेदनशील छु ।’
उनले आफ्नो पहिलो प्राथमिकता नै धुलो र धुवाँरहित काठमाडौं भएकोले सोहीअनुसार ‘क्लिन द सिटी’ अभियान सुरु भैसकेको समेत जानकारी दिनुभयो । शाक्यले भन्नुभयो ‘क्लिन द सिटी अभियान सुरु भैसकेको छ, हामीअब ३२ वटै वडामा यो अभियानलाई सुरु गर्छौं ।’
उहाँले क्लिन द सिटी अभियानमाथुप्रै संघसंस्थाहरुले साथदिने बताईसकेको समेत जानकारी दिनुभयो । शाक्यले भन्नुभयो ‘अहिले केही समय हामीआँफै काम गर्छौं ।’
शाक्यले आफूहरुको लागि अभिनन्दन पनि बोझ भएको बताउनुभयो । त्यस्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पनि महानगरलाई धुलो तथा धुवाँरहित बनाउने अठोट व्यक्त गर्नुभयो । उहाँले मतदाताहरुले दिएको विश्वासलाई कुनै पनि हालतमा धोका नदिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जनताका जायज माँगहरु पूरा गराउनको लागि आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो ‘महिला सशक्तिकरणको लागि उहाँहरुलाई क्रियाशील बनाउनको लागि काम गर्नेछु ।’ उहाँले युवाहरुलाई स्वदेशमै राख्नको लागि आफूले प्रयास गर्ने समेत विश्वास दिलाउनुभयो । उहाँहरुले आफूहरुको यतिवेला मुख्य तीन वटा एजेण्डाहरु रहेको समेत स्पष्ट पार्नुभयो । उहाँका अनुसार धुलो र धुवाँरहित राजधानी बनाउने, महिला सशक्तीकरण र युवाहरुरुलाई स्वरोजगार सिर्जना गर्ने रहेका छन् ।
उहाँले आफूलाई पार्टीको पूर्ण साथ र सहयोग समेत रहेकोले कामगर्न सजिलो हुने बताउनुभयो । श्रेष्ठले मेयरसँग मिलेर कामगर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।