काठमाण्डाैं, १८ जेठ । भरतपुर महानगरपालिकाको मतगणना नरोक्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको बैठक अबरुद्ध गर्दै आएको छ ।
आजको संसद बैठक सुरु भएलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गर्नुभयो ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने, अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४÷०७५ को राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची राखीएको संसद सचिवालयले जनाएको छ ।
Facebook Comments Box