बिर्तामोड । नेकपा माओवादी केन्द्रले झापाको बुद्धशान्ति गाउँपालिकामा उम्मेद्वारी घोषणा गरेको छ । बुधवारेमा सोमबार उम्मेद्वारी घोषणा कार्यक्रमको आयोजना गरी गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर तिम्सिना(पवन) र उपाध्यक्षमा अस्मितकला लिम्बुलाई उम्मेद्वार बनाईएको छ ।
पार्टीले बुद्धशान्ति गाउँपालिकाको सातैवटै वडामा वडा अध्यक्षसहितको सदस्यहरुको समेत उम्मेद्वारी घोषणा गरेको छ । ती सै पदहरुमा समावेशी ढंगबाट उम्मेद्वारी चयन गरिएको छ ।
वडा नम्बर १ को वडा अध्यक्षमा पुर्णप्रसाद सञ्जेल, महिला सदस्यमा लक्ष्मी गड्तौला, दलित महिला सदस्यमा प्रेमकुमारी शासंकर, सदस्य शम्भू ढुङ्गाना र गोपाल खातीलाई उम्मेद्वार बनाईएको छ । वडा नम्बर २ अध्यक्षमा दिवामाया अधिकारी(सापकोटा), महिला सदस्यमा टीकादेवी अधिकारी (पोखरेल) , दलित महिला सदस्यमा नमिता राई (दमाई), सदस्यमा बालचन्द्र सुवेदी र भरत चापागाई रहेका छन् ।
वडा नम्बर ३ मा अध्यक्ष डिल्लीराम श्रेष्ठ, महिला सदस्यमा गंगामा लिम्बु , दलित महिला सदस्यमा डम्बरकुमारी शिवा, सदस्यमा बमबहादुर रसाइली र दिलबहादुर धिमाल छन् । वडा नम्बर ४ अध्यक्षमा नारायण ढुङ्गाना, महिला सदस्यमा रामपियारी थेवे, दलित महिला सदस्यमा हिमलत्ता बि.क., सदस्यमा देवबहादुर राई र धनबहादुर गुरुङले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी वडा नम्बर ५ मा अध्यक्ष बिक्रम सालिङ, महिला सदस्यमा हिमादेवी बस्नेत, दलित महिला सदस्यमा कमला बि.क., सदस्यमा प्रसाद धिमाल र झलकसिंह मगर छन् । वडा नम्बर ६ मा अध्यक्ष प्रदीप खतिवडा(सुजन) महिला सदस्यमा मञ्जु घिमिरे , दलित महिला सदस्यमा नर्वदा विश्वकर्मा सदस्यमा केशव भट्टराई र मदनकुमार वलम्पाकी मगर छन् । वडा नम्बर ७ मा अध्यक्ष मात्रिका पौडेल, महिला सदस्यमा प्रमिला राई , दलित महिला सदस्यमा लक्ष्मीकुमारी बराइली, सदस्यमा मात्रिका कट्टेल र छत्रकुमार घिमिरे (अशोक) को उम्मेद्वारी घोषणा गरिएको छ ।
पार्टीको पोलिटव्यूरो सदस्य धर्मशिला चापागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता निर्वाचन प्रचारप्रसार समितिका संयोजक बोधराज दाहाल(असिम) ले गरेका थिए । पार्टीले बुद्धशान्ति गाउँपालिकामा उम्मेद्वारी घोषणासँगै सो गाउँपालिकालाई देशकै नमूना गाउँ बनाउने ३२ बुँदे प्रतिबद्धता पत्र समेत तयार गरिएको पार्टीका छत्र तिम्सिना (रोशन) ले जानकारी गराए ।
पार्टीका जिल्ला संयोजक बिजय साम्पाङले उम्मेद्वारको नाम बाचन गरेका थिए भने प्रमुख अतिथि, अतिथि लगायतले खादा र अविर लगाएर उम्मेद्वारी घोषणा गरेका थिए । कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी लगायतले बोलेका थिए । संघीय लिम्बुवान मोर्चाका केन्द्रीय उपाध्यक्ष प्रेमबहादुर नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन श्यामविर लिम्बुले गरेका थिए ।