खबरमञ्च अनलाइन आजबाट दोस्रो बर्षमा प्रवेश गरेको छ । विगत एकबर्षको उकाली ओराली पार गर्दै आज झापाको दोस्रो अनलाइन भएकोमा खबरमञ्च अनलाइन सञ्चालक समूह सबै पाठक, विज्ञापनदाता तथा शुभचिन्तकमा खुशी बाँडन चाहन्छ ।
स्थापनाको एक बर्षमै झापाको दोस्रो अनलाइन भएको श्रेय पाठक, विज्ञापनदाता तथा शुभचिन्तकलाई नदिइ रहन सकिन्न ।
अनलाइन पत्रकारिता एउटा जोखिमपूर्ण यात्रा हो । त्यहीँमाथि अवैधानिक तरिकाले खुलेका अनलाइन पत्रिकाहरुका कारण वैधानिक अनलाइन पत्रिकाहरुलाई मार परिरहेको तथ्य सबैसामु छर्लंग छ ।
तर खबरमञ्च अनलाइन पत्रिकाको सम्पादकीय समूह यो जोखिमपूर्ण यात्रालाई सहज बनाउन सँधै लागिपर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छ ।
अहिले जमानामा छिटो सूचना प्राप्त गर्नका लागि अनलाइन पत्रिकाको सहारा मानिसहरुले लिने गरेका छन् । तर कुन अनलाइनले कसरी सूचना प्रवाह गरिरहेको छ, कुन सूचना ठिक कुन बेठिक सबै कुरा पाठकले छुट्याउन सक्छन् । त्यसैले हामी अझ जिम्मेवार भएर अघि बढ्ने छौं भन्ने कुरामा प्रतिवद्ध छौं ।
अन्त्यमा, यस अनलाइनले कुनै लाइन (राजनीतिक) समाउने छैन । सबैको सबै खाले (प्रकाशन गर्न योग्य) समाचार प्रकाशनका लागि सँधै तत्पर रहनेछ । सबैमा धेरै धेरै शुभकामना ।