काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनमार्फत युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा आफूलाई गौरब महसुस भएको बताएका छन् ।
आफूले मंगलबार नै संसदमार्फत सम्वोधन गर्न चाहेको भए पनि संसदमा अवरोध गरिएका कारण सीधै जनतालाई सम्वोधन गरेको बताएका छन् ।
बुधबार अपराहृन देशबासीका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा गौरब महसुस भएको छ ।’
आफू प्रधानमन्त्री हुँदैगर्दा करिब १० महिना पहिले निराशा बाँड्नेहरुले देश संवैधानिक शुन्यतामा जाने अनुमान गरेका थिए भन्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विकासका भाषणमात्रै हुने गरिएको र सपनामात्रै बाँड्ने गरिएको बताए ।
तर, आफूले आर्थिक वृद्धिदर २४ वर्ष यताकै उच्च भएको र लोडसेडिङको अन्त्य गरी सपनामा नभई तथ्यांकमा नै विकासका कामहरु गरेको बताए ।
राजीनामा दिनु अघिको सम्वोधनमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारका पालामा भएका कामहरुको फेहरिस्थ प्रस्तसत गरिरहेका छन् ।