
काठमाडौं । अत्याधिक चासाेकाे रूपमा हेरिएकाे काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म् १ लाख ३२ हजारबढी मत गणना सकिएको छ ।
मतगणानामा एमालेका विद्यासुन्दर शाक्य अग्रस्थानमा देखिएका छन् । उनले ४४ हजार ९ सय ८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका राजुराज जोशीले ३१ हजार ४ सय ९५ मत पाएका छन् ।
त्यस्तै विवेकशीलकी रञ्जु दर्शनाले १६ हजार ३ सय ६४ मत पाएकी छिन् भने साझा पार्टीका किशोर थापाले १२ हजार ३ सय ६३ मत ल्याएका छन् । माओवादी केन्द्रले ४ हजार ९ सय ६८ मत पाएका छन् ।
Facebook Comments Box