काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि ६ वटा आरोप लगाएका छन्।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले लगाएका ६ आरोपहरू यस्ता छन्:-
-
नेपालमा लोकतान्त्रिक आन्दोलन चलिरहेको बेला उहाँ बेलायतको गल्लीमा बरालिरहनु भएको थियो।
-
बहुदल आएपछि गृहमन्त्री हुनुभयो। शान्तिपूर्ण आन्दोलनमा १२२ जना विरूद्ध गोली चलाउनु भयो। असोज १८ गते उहाँको कारणले भयो, माघ १९ उहाँकै कारणले भयो।
-
उहाँले कांग्रेस फुटाउनु भयो, डबल कांग्रेस बनाउनु भयो।
-
उहाँ अहिले प्रधानमन्त्री हुन गोलीको आँखा हुँदैन भन्दै हुनुहुन्छ।
-
उहाँलाई अहिले प्रधानमन्त्री हुन हतार भएर थाल खाउँ कि भात खाउँ भएको छ।
Facebook Comments Box