दमक । स्थानीय तह निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखी पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित नेता चन्द्र बहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
राप्रपाले दुई दिन अघि मात्रै दमकका सबै वडामा उम्मेद्वारको अन्तीम टुंगो लगाएसंगै थापाले पार्टीभित्र तिब्र असन्तुष्टि राख्दै आएका थिए ।
हालको दमक ७ निवासी थापाले पार्टीमा लामो समयदेखी सक्रिय राजनीति गर्दै आएपनि विशेष परिस्थितीमा आफूलाई पार्टीले उपेक्षा गरेको भन्दै आज प्रेस विज्ञप्ती मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गर्दै स्वतन्त्र रहने जनाउ दिएका छन् । सो वडामा पार्टीले पूर्व वडाध्यक्ष तथा पार्टीका स्थानीय नेता भिम पौडेललाई उम्मेद्वार बनाएको छ ।
थापाको पार्टी बहिर्गमनले लामो समयदेखी दमकको मेयर बन्ने सपना देख्दै यसपटकको निर्वाचनमा समेत मेयरको उम्मेद्वार बनेका पार्टी केन्द्रीय सहमहामन्त्री राम थापालाई चुनावमा धक्का लाग्ने विश्लेषण गरिएको छ ।
पार्टी छोडेका थापासंगै कार्यकर्ताहरुको ठूलो पक्तिं रहेका कारण निर्वाचन परिणाममा धक्का लाग्ने अड्कल गरिएको हो ।
यस अघि दमकमा राप्रपाका युवा नेता कार्यकर्ताहरुको ठूलो समुहले उम्मेद्वार चयनमा युवा पुस्तालाई वेवास्ता गरिएको र सधैं प्रयोग गर्ने साधन मात्र बनाउने गरिएको भन्दै तिब्र असन्तुष्टि बाहिर ल्याएका थिए ।
सो समुह समेत पार्टीलाई निर्वाचनमा भित्र भित्रै असहयोग गर्ने खतरा बढेको बताइएको छ ।