विर्तामोड । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको पहिलो चरणको चुनावमा गरिएका राजनीतिक दलका तालमेलले हावा खाएको बताउनु भएको छ ।
गृह जिल्ला इलाम जाने क्रममा झापाको विर्तामोडमा पत्रकारहरुसंग कुरा गर्दै एमाले नेता खनालले अहिलेको तालमेलले काम नकाटेको र दोस्रो चरणको निर्वाचनका लागि उक्त तालमेलको पार्टीले गम्भीर पुनर्विचार गर्ने बताउनुभयो ।
तर उहाँले दोस्रो चरणको निर्वाचनमा एमालले अरु पार्टीको भन्दा धेरै मत ल्याउने दाबी गर्नुभयो ।
पहिलो चरण र दोस्रो चरणको निर्वाचनको विचमा एक महिना लामो समयावधिले नकारात्मक असर पर्ने उहाँको भनाइ थियो । तर स्थानीय तहको निर्वाचनले देशले बैधानिक गति लिएको र प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमा हुनुपर्ने उहाँको भनाइ थियो ।
नेता खनालले संविधान संशोधन संघीय संसदले मात्र गर्नसक्ने भन्दै स्थानीय तहको चुनाव अघि कुनै पनि संशोधन हुन नसक्ने बताउनुभयो ।