भद्रपुर । निर्वाचन आयोगमा दर्ता भई जिल्लागत विवरण पेश गर्ने राजनीतिक दलहरु झापामा ३१ वटा रहेको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ ।
जिल्लागत विवरण पेश गर्ने राजनीतिक दलहरुमा सबै भन्दा पहिले मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, संघीय समाजबादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, युनाईटेड ग्रीन अर्गनाइजेशन, मधेशी जनअधिकार फोरम(गणतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयां शक्ति पार्टी नेपाल, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल कम्यूनिष्ट पार्टी(माक्सबादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्यूनिष्ट पार्टी(संयुक्त), सद्भावना पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (माक्सबादी लेलिनबादी), खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र विवेकशील नेपाली दल छन् ।
त्यस्तै, नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र), चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्यूनिष्ट पार्टी,ने.क.पा.(माले–जनसमाजबादी), नेपाल सद्भावना पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनजागरण पार्टी नेपाल, राष्ट्रवादी पार्टी नेपाल कम्यूनिष्ट पार्टी(एकीकृत माक्सबादी लेलिनबादी), राष्ट्रिय मधेश समाजबादी पार्टी र शान्ति पार्टी नेपाल रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनु भयो ।
यही जेठ ३१ गते दोस्रो चरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले उम्मेदवार दिने या तालमेल गर्ने भने कुरा झापामा निश्चित देखिएको छैन ।