काठमाण्डाैं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान निधन भएको छ ।
ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले जानकारी दिनुभयो ।
प्रधानका अनुसार उहाँको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । उहाँको आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ । शाक्य २०४६ सालपछिको अन्तरिम मन्त्रिपरिषद्का आपूर्तिमन्त्री हुनुहुन्थ्यो ।
उहाँ विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो भन्डा लिएर प्रदर्शनमा उत्रदा जेल पर्नुभएको थियो । सोही समयदेखि उहाँ मार्सल जुलुम शाक्यका नाममा सर्वत्र परिचित हुनुहुन्थ्यो ।
Facebook Comments Box