विर्तामोड । बैसाख १४, १५ र १६ गतेका लागि संयुक्त लिम्बुवान मोर्चाले आह्वान गरेको लिम्बुवान आम हड्ताल स्थगित भएको छ ।
मोर्चाले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अगाडि बढाएको संविधान संशोधनको प्रक्रियालाई सहज बनाउन आम हड्ताल स्थगन गरिएको जनाएको छ ।
मोर्चाले अन्य आन्दोलनका कार्यक्रमहरु भने यथावत रहने जनाएको छ ।
मोर्चाले स्थानीय तहको निर्वाचन स्थगन गर्न र संविधान संशोधन मार्फत लिम्बुवान सुनिश्चित गर्न भन्दै आन्दोलन गरिरहेको छ ।
Facebook Comments Box