काठमाण्डाैं । आसन्न स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी घाेषणा पत्र सार्वजनिक गरेको छ । संकल्प पत्र सार्वजनिक गर्दै पार्टीले पाँच वर्र्षिभत्र स्थानीय तहका सबै वडामा सडकको पहुँच र्पुयाउने घोषणा गरेको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको राप्रपाको संकल्प पत्रमा गाउँ÷नगरपालिका भित्रका प्रत्येक घरमा बिजुली र खानेपानी पुर्याइने प्रतिबद्धता गरिएको छ ।
यसैगरि पार्टीले आगामी १० वर्षभित्र सबै नागरिकलाई गरिबीको रेखा भन्दा माथि र्पुयाउने बाचा पनि गरेको छ । गाउँ–नगरपालिकाको बजेटको १५ प्रतिशत महिलाको शिक्षा, स्वास्थ्य तथा रोजगारी मूलक कार्यक्रममा बिनियोजित गरिने समेत पत्रमा उल्लेख गरिएको छ ।
यसैगरि गाउँ–नगरपालिकाहरुमा ५ वर्ष भित्र कम्तीमा एउटा खेलमैदान वा रङ्गशाला तथा कभर्ड निर्माण गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
पार्टीले प्रत्येक परिवारमा कम्ती एकजनालाई रोजगारी उपलब्ध गराइने पनि घोषणा गरेको छ । यस्तै गाउँ–नगरपालिका भित्र २५ जना भन्दा बढीलाई रोजगारी दिने उद्योग–तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने प्रतिबद्धता समेत जनाएको छ ।
यस्तै प्रत्येक वडामा ५ वर्ष्भित्रमा मोटरबाटो र्पुयाउने, स्थानीय तहमा कम्तीमा २५ बेडको एउटा अस्पताल निर्माण गरिने, आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ को रूपमा योजनाबद्ध विकास गर्ने लक्ष्य राखेको उक्त संकल्प पत्रमा उल्लेख गरिएको छ ।