काठमाण्डाैं । पाँच दिने राजकीय भारत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज भारतीय समकक्षी प्रणव मुखर्जीसंग भेटबार्ता गर्दैहुनुहुन्छ ।
साँझ साढे सात बजे राष्ट्रपति भण्डारी र समकक्षी मुखर्जीसंग भेटवार्ता हुनेछ । लगत्तै भण्डारीको सम्मानमा मुखर्जीले रात्रीभोजको आयोजना गरिने छ, जहाँ दुबै देशका राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ ।
आज बिहान राष्टपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीसंग अपराहन्न साढे ४ बजे प्रधानमन्त्री मोदीले र साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन् ।
गृहमन्त्री राजनाथ सिंह र बिदेशमन्त्री सुक्ष्मा स्वराजले भने केहिबेरअघि भेटबार्ता गरिसक्नुभएको छ ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आजै सकिनेछ । भोली र पर्सी उहा दिल्ली बाहिरै रहनुहुने छ ।