काठमाण्डाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।
भेटमा संविधान कार्यान्वयन र संविधानको संरक्षकका हैसियतमा राष्ट्रपतिबाट हुनुपर्ने योगदानका बारेसमेत छलफलभएको थियो ।
भेटमा नयाँवर्ष २०७४ प्रारम्भ भएको खुसियालीमा शुभकामना आदानप्रदान भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।
Facebook Comments Box