झापा । निर्वाचन अायाेगले अाफ्नाे विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएकाे विराेधमा झापामा आइतबार साँझ मसाल जुलुस निकालिएकाे छ ।
अाक्राेशित सयाैंकाे संख्यामा रहेका राप्रपा कार्यकर्ताहरुले प्रमुख निर्वाचन अायुक्त अयाेधि प्रसाद यादवकाे पुत्ला दहन समेत गरेका छन् ।
झापाका विर्तामोड, दमक, धुलाबारी, काँकरभिट्टा लगायत शहरमा साँझ एक्कासी राप्रपाका सयौं कार्यकर्ता मसाल लिएर निस्केका थिए ।
निर्वाचन आयोगले पार्टीको विधानबाट राजसंस्था र हिन्दुराष्ट्र भन्ने शब्द हटाइदिएपछि राप्रपाका नेता तथा कार्यकर्ता क्रुद्ध बनेका छन् ।
अायाेगले अाफ्नाे अधिकार क्षेत्र भन्दा बाहिर गएर उक्त निर्णय गरेकाे हुनाले अाफूहरु बाध्य भएर विराेधमा उत्रिनु परेकाे राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले बताए ।
खबरमञ्चसंगकाे कुराकानीमा उनले अाफ्नाे विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाएर अायाेगले स्थानीय निकायकाे निर्वाचनलाई अझ अन्याैलमा पारेकाे बताए । 

